शक्ति गौचनलाई रुपन्देहीमा सम्मान | Khabarhub Khabarhub

शक्ति गौचनलाई रुपन्देहीमा सम्मान


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ ।

विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिनुभएका शक्तिले सोही वर्षको मङ्सिर अन्तिम साता पोखरामा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) समापनलगत्तै राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट पनि सन्न्यास लिएको घोषणा गरेका थिए ।

दायाँहाते ब्याट्सम्यान तथा लेग स्पिन बलर गौचनले नेपालको तर्फबाट लगातार १८ वर्षसम्म क्रिकेट खेलेका थिए ।

नवौँ अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेल खेलेका गौचनले प्रतियोगिताबाट सन्न्यास लिएसँगै रुपन्देहीको पडसरीमा क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका छन् ।

गौचनलाई सोमबार सिद्धार्थ रङ्गशालामा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । उनलाई नगदसहित सम्मानपत्रले प्रदेश नं ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले सम्मान गरेका छन् । गौचनसहित क्रिकेटका अन्तर्राष्ट्रिय प्रशिक्षक जङ्गबहादुर थापालाई पनि पुरस्कृत गरिएको छ ।

भैरहवास्थित सिद्धार्थ रङ्गशालामा सम्पन्न चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि वितरण समारोहमा क्रिकेटका पूर्वचर्चित खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो ।

क्रिकेट खेलमा शक्ति र जङ्गबहादुरको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजक साइ ग्लोबल एकेडेमीका अध्यक्ष हरिबहादुर थापाले बताए ।

यसैबीच चौथो साइ ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि लीलाराम मावि भैरहवाको टोलीले जितेको छ । लीलारामले आयोजक साइ ग्लोबललाई २ विकेटले हराउँदै उपाधि हात पारेको हो ।

क्रिकेट प्रतियोगिता जितेसँगै टोलीले ५० हजारसहित ट्रफी एवं मेडल प्राप्त गरेको प्रतियोगिताका मुख्य व्यवस्थापक वासुदेव थापाले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ८ : २१ बजे

पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराई क्षेत्रमा हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार