भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध बनाउन सरकार गम्भीर : मन्त्री भट्ट | Khabarhub Khabarhub

भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध बनाउन सरकार गम्भीर : मन्त्री भट्ट


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा गलत प्रवृत्ति र भ्रष्टाचार समाप्त पार्नुपर्ने चुनौती यथावत् रहेको बताएका छन् । हरेक मानिसमा सकारात्मक सोचको विकास जरुरी रहेको उनको भनाइ छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका संस्थापक ब्रह्माकुमार बाबाको ५१ औँ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जलिसभामा उनले नकारात्मक चेतनाले विकास र समृद्धि आउन नसक्ने बताए ।

“भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ । हरेक मानिसमा सकारात्मक सोचको विकास जरुरी रहेको छ ” मन्त्री भट्टले भने ।

पूर्वमन्त्री भीमसेनदास प्रधानले स्वार्थपूर्ति गर्ने व्यवसायका रुपमा राजनीति विकसित हुँदै गएकोमा चिन्ता प्रकट गरे । केन्द्रका निर्देशक ब्रह्माकुमारी राजयोगिनी राजदिदीले आध्यात्मिक ज्ञान र राजयोगको अभ्यासले जीवनमा साँचो शान्ति र खुशी मिल्ने तथा गलत संस्कारबाट छुट्कारा पाइने बताइन् ।

केन्द्रले अहिले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी रुपमा कार्यक्रमसमेत गरिरहेको छ । उक्त अवसरमा योगाभ्यासका साथै मौन ध्यान–योग कार्यक्रमसमेत गरिरहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौँद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ९ : २७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर