राजेश पायलले आस्थालाई भनेः शाहरुखको कट्टु पनि चेक भएको थियो, तिमी रुन्ची नबन ! | Khabarhub Khabarhub

राजेश पायलले आस्थालाई भनेः शाहरुखको कट्टु पनि चेक भएको थियो, तिमी रुन्ची नबन !


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक राजेश पायल राईले आस्था राउतलाई ‘धेरै रन्ची’ नबन्न आग्रह गरेका छन् ।

विमानस्थलमा महिला प्रहरीसँगको विवादका कारण गायिका राउत यतिबेला चर्चामा रहेकी छिन् ।

विमानस्थल प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीमाथि आक्रोशपूर्ण टिप्पणी गर्दै समाजिक सञ्जालमा भिडियो लाइभ गरेपछि राउतको पक्ष र विपक्षमा वहस भइरहेको छ । शुक्रवार(हिजो) विमानस्थलमा राउत र महिला प्रहरीबीच भएको विवादको सीसीटीभी फुटेज सार्वजनिक भएसँगै झन् यो प्रकरण चर्चामा रहेको हो ।

सीसीटीभी फुटेज बाहिरिएसँगै राउतले फेरि लाइभ गर्दै रोएकी थिइन् । आफूले कुनै गल्ती नगरेको भन्दै रुँदै लाइभमा आएपछि यसबारे कलाकार, गायक गायिकासहितका विभिन्न क्षेत्रका मानिसहरुले प्रतिक्रिया जनाइरहेका छन् ।

यसैक्रममा गायक राजेश पायल राईले विमानस्थलमा जाँच गर्नु प्रहरीको अधिकार रहेको भन्दै राइले माया लिनले घृणा पनि सहनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले सेलिब्रेटीमाथि चेक जाँच स्वभाविक भएको बताए । भारती सुपरस्टार शाहरुख खानलाई विमानस्थलमै कट्टु नै खोल्न लगाएको भन्दै जाँच गर्नु प्रहरीको अधिकार भएको बताएका छन् ।

तर उनले राउत र प्रहरी दुबै सुध्रनु पर्ने जनाएका छन् ।

यस्तो छ गायक राजेशपायलको स्टाटस

एर्पोर्ट मा साहरुख खानलाई त झन कट्टु मै चेक गरेको थियो त्यो उसको अधिकार हो  । अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्‍यो? चेकिङ मा कफी,पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग ) पनि पाइदैन उनि बैनी हुन राम्री गायिका हुन अझ एक रियलिटी सो The Voice कि कोच पनि हुन आफ्नो इज्जत ठाउमा राख्नु पर्छ माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ “तब न हामी कलाकार , उसै त हामी नाथे कलकार “
धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ “

आस्था र एअरपोर्टमा खटिएका कर्मचारी दुबै सुध्रन आवश्यक

यो पनि पढ्नुहोस्

दीपकराज गिरीले आस्था राउतलाई भने : गल्ती तिम्रो फेसबुक लाइभले गर्यो !

फेरि भिडियो लाइभमा आइन् आस्था राउत, रुँदै मागिन् माफी

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको उजुरी

भिडियोमा हेर्नुस्, विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?

आस्था राउतको बयान: महिला प्रहरीले झोलामा कफी खन्याइदिन्छु भन्दै विमानस्थलमै न्याँकिन्

प्रहरीले ‘तँ’ भनेको भन्दै आस्था राउतले पोखिन् आक्रोश, विवादपछि हटाइन् भिडियो

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ६ : २८ बजे

परराष्ट्रमन्त्रीले भनिन्- हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल

काठमाडौ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी- इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि

‘जलवायु सङ्कट समाधानमा साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउन सकिन्छ’

काठमाडौ– नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट

प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले जलवायु परवर्तनको असर रोक्न