विश्वका सबैभन्दा होचा खगेन्द्रलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो | Khabarhub Khabarhub

विश्वका सबैभन्दा होचा खगेन्द्रलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिँड्‍डुल गर्न सक्ने विश्वका सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापा मगरको २७ वर्षको उमेरमा शुक्रवार मृत्यु भएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रले ‘आफ्नो सानो आकारलाई सुखमय जीवन जिउन रोक्न नदिएको’ बताएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रको मृत्युको खबरले दु:खी भएको विज्ञप्तिमार्फत् जनाएको छ।

उनका पिता रूपबहादुर थापा मगरले उनी जन्मिँदा हातमा अटाउने र नुहाइदिन गाह्रो हुने कुरा सम्झेको पनि विज्ञप्तिमा उल्लेख छ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले लेखेको छ: “उनका साथीहरूका अनुसार उनी मुटुको समस्या, दम र निमोनियाबाट पीडित थिए।”

⁣⁣सन् २०१० मा खगेन्द्रलाई इटलीमा भेटेका गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रेग ग्लेन्डेले भनेका छन्: “खगेन्द्र अब हामीसँग नरहेको भन्ने नेपालबाट खबर सुनेर हामी निकै दुःखी भएका छौँ।” ⁣

“उनको चम्किलो मुस्कानले उनलाई भेटेने जो कोहीको पनि मन पग्लिन्थ्यो।”⁣

“धेरै होचा मानिसको अनुभवमा मात्र छ किलोको हुँदा जीवन चुनौतीपूर्ण हुन्छ र औसत व्यक्तिका लागि बनेको विश्वमा मिल्न गाह्रो हुन्छ।”

“तर खगेन्द्रले आफ्नो सानो आकारलाई सुखमय जीवन जिउन रोक्न दिएनन्।”

उनले थपेका छन्: “उनी र उनको परिवारलाई चिन्नु एउटा सम्मान थियो र उनको कथा विश्वसँग बाँड्न सक्नु विशेषाधिकार पाउनु सरह थियो।”

बाग्लुङ जिल्लाका खगेन्द्र दुई फिट ४१ इञ्च अर्थात् ६७.०८ सेन्टिमिटरका थिए ।

सन् २०१० मा १८ वर्षको उमेरमा उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्वका सबैभन्दा होचा व्यक्तिका रूपमा दर्ता गरेको थियो ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ३ : २९ बजे

महासंघ र पर्यटन मन्त्रीबीच भेट- पर्यटन क्षेत्रका छ समस्याबारे ध्यानाकर्षण

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान

‘पार्टी फुटाउन ठूलै खर्च गरेछन्, छाडेर गएकाहरू पछुताउने छन्’

काठमाडौं-  जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

निकुञ्जमा वन्यजन्तुका लागि कृत्रिम पोखरी

नवलपुर– लामो समयसम्म खडेरी परेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुका लागि

अनमोलले कटाक्ष गरेपछि प्रदीपको जवाफ : ए हो र ?

काठमाडौं – ‘अहिले मेरा कुनै योजना छैनन् । अरु कलारकारको

मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर– ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा