आजको मौसम : काठमाडौंमा बाक्लो हुस्सु, दिउँसोबाट मौसममा क्रमिक सुधार आउने | Khabarhub Khabarhub

आजको मौसम : काठमाडौंमा बाक्लो हुस्सु, दिउँसोबाट मौसममा क्रमिक सुधार आउने


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै छ । यसैको प्रभावले मौसममा क्रमिक रुपमा सुधार हुँदै गईहेको जानकारी दिएको छ ।

अहिले (शनिबार बिहान)देशभर आंशिक देखि सामान्य बदली भई केही स्थानमा वर्षा र हिमपात भईरहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

काठमडौं उपत्यकालगायत देशका अधिकंश स्थानमा बिहीबार साँझदेखि वर्षा भएको थियो । गएरातिदेखि वर्षा रोकिएको छ । वर्षा रोकिएसँगै काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेको हो ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको पुर्वानुमान यस्तो छ :

माघ ४ गते शनिबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी तथा तराई भूभागका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनेछ ।

राति : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली भई पहाडी भूभागका केही स्थानमा हल्का बर्षा हुनेछ ।

माघ ५ गते आइतबार

बिहानदेखि रातिसम्म देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

माघ ६ गते सोमबार

सोमबार पनि बिहानदेखि रातिसम्म देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा हुनेछ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ८ : १५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर