दमक अस्पतालमा आगलागीबाट ६० लाखको क्षति | Khabarhub Khabarhub

दमक अस्पतालमा आगलागीबाट ६० लाखको क्षति


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमक–१ स्थित दमक अस्पतालमा २ महिना अघि भएको आगलागीबाट ६० लाख भन्दा बढिको क्षति भएको ठहर भएको छ ।

बिहीबार नगरपालिकाले गठन गरेको छानविन समितिले अस्पतालमा भएको क्षतीको विवरण सार्वजनिक गरेको हो ।
गत कार्तिक २९ गते दिउँसो करिव साढे २ बजे लागेको आगलागीबाट ६० लाख ८६ हजार २ सय २४ रुपैँयाका औषधि, उपकरण तथा स्वास्थ्य सम्बन्धी सामाग्रीमा क्षति भएको समितिले जनाएको छ ।

क्षति भएका मध्ये ३२ लाख ७ हजार ७ सय ५५ रुपैँयाका सामग्री तथा उपकरणहरु पुनः प्रयोग गर्ने मिल्ने र बाँकी २८ लाख ७८ हजार ४ सय ६९ रुपैँया बराबरका स्वास्थ्य सामग्रीहरु पूर्ण रुपमा जलेका छन् । यी सामग्रीहरु निक्रिय गराईने अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा नगर उप प्रमुख गीता अधिकारीले जानकारी दिइन ।

आगलागीपछि नगरपालिकामार्फत अस्पतालको व्यवस्थापन समितिमा रहेका बाहेकका ७ जना पदाधिकारीसहितको छानबिन समिति गठन भएको थियो । वडा नं १० का वडाध्यक्ष बोधराज न्यौपानेको संयोजकत्वमा गठित समितिले बिद्युत सर्ट भएर आगोलागी भएको र अव तत्काल सुधार गर्न ३ शीर्षकमा सुझाव समेत अस्पताल व्यवस्थापन समितिलाई दिएको छ ।

२०७३ सालमा हेल्थ पोष्टबाट स्तरउन्नति भएर दमक अस्पताल बनेको यो अस्पताल जिल्ला स्तरको एक मात्र सरकारी अस्पताल हो । हाल यहाँ १५ शय्यासहित २४ सै घण्टा प्रसुतिसहित विभिन्न आकस्मिक सेवाहरुको प्रवाह भईरहेको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ४ : ४८ बजे

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी