८ कठ्ठामा लगाइएको गाँजा नष्ट | Khabarhub Khabarhub

८ कठ्ठामा लगाइएको गाँजा नष्ट


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सामा ८ कठ्ठा जग्गामा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ ।

सखुवाप्रसौनी गाउँपालिकाको जमुनियामा ३ कट्ठा, औराहामा ५ कठ्टा ८ धुर र पर्सागढी नगरपालिकामा ७ धुर गरी जम्मा ८ कट्ठा १५ धुर जग्गामा लगाएको गाँज खेती नष्ट गरिएको हो ।

गाँजा नष्ट गर्ने क्रममा एक जनालाई पक्राउ पनि गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ औराहाका ६० वर्षीय कमल चौधरी रहेका छन् ।

गाँजाखेतीमा गोडमेल गर्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । चौधरीले ३ कठ्ठा जमिनमा गाँजा खेती गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ९ : ५५ बजे

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार