ला लिगामा बार्सिलोनाको जित | Khabarhub Khabarhub

ला लिगामा बार्सिलोनाको जित


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बार्सिलोनाले स्पेनिस लिगाको शीर्ष स्थानमा रहेको  रियल सोसिडाडलाई पराजित गरेको छ ।

बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रियल सोसिडाडले शीर्ष स्थान गुमाएको छ । सोसिडाड तालिकाको दोस्रो स्थानमा झर्दा बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल भएको छ ।

खेलमा अग्रता पाहुना टोली सोसिडाडले डी सिल्भाको गोलमा लिएको थियो ।

त्यसको चार मिनेटपछि जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफ सकिन तीन मिनेटअघि डी जोङले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढायो । जोङको सोही गोल निर्णायक सावित भयो ।

पछिल्लो समय खराब नजिताले दबाब खेपिरहेको बार्सिलोनालाई सोसिडाडविरुद्धको जितले ठुलो राहत दिएको छ ।

बार्सिलोनाले सोसिडाड सहितका शीर्ष क्लबहरु एट्लेटिको मड्रिड, रियल मड्रिडसंग समेत अंक दूरी घटाएको छ । शीर्ष तीन क्लबको समान २६ अंक छ ।

पाँचौ स्थानको बार्सिलोनाले २० अंक जोडेको छ । पछिल्लो नतिजाले सोसिडाडले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ७ : १० बजे

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार