बायोएनटेकबाट १० करोड खोप किन्ने चीनको फोसन फर्माको तयारी | Khabarhub Khabarhub

बायोएनटेकबाट १० करोड खोप किन्ने चीनको फोसन फर्माको तयारी


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कम्तीमा १० करोड डोज कोभिड–१९ विरुद्धको खोप खरिद गर्ने सम्झौता गरेको जनाएको छ ।

तर, यसका लागि चीन सरकारबाट अनुमति प्राप्त हुनु पर्नेछ । चीनले कोभिड–१९ विरुद्धको खोप आफैं विकास गर्नुका साथै उत्पादन क्षमता बढाउने कार्य गरिरहेको छ ।

विश्वकै सर्वाधिक जनसंख्या रहेको चीनको आवश्यकता पूरा गर्न स्थानीय फर्महरुले विदेशी कम्पनीसँग पनि साझेदारी गरिरहेका छन् ।

शाङ्घाई फोसुन फर्मास्युटिकल ग्रुपले चीनमा आवश्यक खोपको आपूर्ति सुनिश्चित गर्न जर्मन कम्पनीसँग सम्झौता गरिएको जनाएको छ ।

यसै वर्षको अन्त्यसम्ममा ५ करोड डोज खोपका लागि १५ करोड २० लाख डलर भुक्तानी गर्ने र बाँकी १२ करोड ५० लाख युरो चीनले खोप स्वीकृत गरेपछि भुक्तानी गर्ने फोसुनले बताएको छ ।

तर, बाँकी ५ करोड खोप कहिले चीन आइपुग्छ भन्ने फोसुनले स्पष्ट गरेको छैन ।

फाइजर र बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप यसअघि नै संयुक्तराज्य अमेरिका, बेलायत र सिंगापुर समेतका मुलुकमा लगाउन थालिएको छ ।

चीनमा हाल पाँच किसिमका खोप अन्तिम चरणमा रहेका छन् । हाल कम्तीमा १० लाखभन्दा बढी व्यक्तिलाई खोप लगाउनुपर्ने अवस्था रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

विश्वका अन्य मुलुकमा चिनियाँ खोप वितरणका लागि चीनले सम्झौताहरु पनि गरिरहेको छ । चिनियाँ खोपको मूल्य ६४ डलर (दुई डोज) पर्दछ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ५ : ५२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम