आज २०७७ पुस २ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०७७ पुस २ गते बिहीबारको राशिफल


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ पुस २ गते बिहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । सामाजिक तथा परोपकारका क्षेत्रमा सरिक होइएला । प्रेममा खटपट आउन सक्छ ।

वृष (इ, , , , वा, वि, वु, वे, वो)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आफन्तसँग  गरमाईलो भेटघाट पनि हुनेछ । खर्च बढ्न सक्छ ।

मिथुन (का, कि, कु, , , , के, को, हा)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धार्मिक काममा सहभागी भइहोला । पारिवारीक सद्भाव बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ । शुभ समाचार पनि सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, , , , पे, पो)

आज स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज धर्म,कर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज बित्तिय संस्था बाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । चिताएको कामले तीव्रता लिनेछ । नसोचेको ठाउँबाट धन लाभ हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

श्रमको उचित मुल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । स्वास्थ्य खराब हुन सक्छ । अध्ययनमा बाधा आउला ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ । अतिथीको सेवा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योग छ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

अधिकार प्राप्तीमा संघर्ष गर्नु पर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । अन्तिम समय आफ्नै पक्षमा निर्णय हुँदा मन हलुका हुनेछ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ५ : ३१ बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको