अर्मेनियाका विदेशमन्त्री नात्साकान्यनले दिए राजीनामा | Khabarhub Khabarhub

अर्मेनियाका विदेशमन्त्री नात्साकान्यनले दिए राजीनामा


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्मेनियाका विदेशमन्त्री जोह्रब नात्साकान्यनले राजीनामा दिएका छन् । देशमा चर्किरहेको आन्दोलनका कारण उनले राजीनामा दिएका हुन् ।

अजरबैजानसँग विवादित भूमिको विषयलाई लिएर जारी युद्ध रोक्न रुसको सहयोगमा भएको सम्झौतापछि सरकारको विपक्षमा अर्मेनियामा आन्दोलन चर्किएको छ । आन्दोलन चर्किएसँगै विदेशमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

गत साता भएको उक्त सम्झौता भएको थियो । सो सम्झौतापछि अर्मेनियामा प्रधानमन्त्री निकोल पाशिन्यानको राजीनामा माग्दै प्रदर्शन भइरहेको छ ।

सोमबार मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत् विदेशमन्त्रीको राजीनामा दिएको बताएका हुन् ।

अर्मेनियाका प्रधानमन्त्रीले भने आफूले राजीनामा नदिने बताउँदै आएका छन् । विदेशमन्त्रीको राजीनामापछि भने उनलाई पनि राजीनामा दिन दबाब बढेको टिप्पणी गरिएको छ ।

यसअघि अर्मेनिया र अजरबैजानको विवादित भूमि नागोर्नो काराबखको विषयमा दुई देशबीच ६ सातासम्म लडाइँ चलेको थियो । यो युद्धको क्रममा अर्मेनियाका २३ सयभन्दा धेरै सैनिकको ज्यान गएको थियो । यता अजरबैजानले भने सो युद्धमा कति सैनिक मारिए भन्ने खुलाएको छैन ।

गत शनिबार अर्मेनियाको नेशनल सेक्युरिटी सर्भिसले पूर्व अधिकारीहरुको समूहलाई प्रधानमन्त्रीको हत्या प्रयास गरेर सत्ता आफ्ना हातमा लिने प्रयास गरेको बताइएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १२ : ४२ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास