बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेका थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोका १८ बर्षीया किशोरीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

उनको शुक्रबार राति १० बजेतिर मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनी २९ गते अस्पताल भर्ना भएकी थिइन्।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगर का ६१ वर्षीय पुरुषको पनि शुक्रबार राति ९ बजेतिर उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

श्रेष्ठका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज २५ गते अस्पताल भर्ना भएका थिए।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। त्यस्तै, बाहिरी जिल्लाका थप १३ को पनि मृत्यु भएको छ । बाँकेमा हालसम्म कोरोनाले ४२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १० : ४५ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ