काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँमा आज पनि विद्युत कटौती | Khabarhub Khabarhub

काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँमा आज पनि विद्युत कटौती


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले आज पनि काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत कटौती गरेको छ ।

नियमित मर्मतसम्भारको कारण देखाउँदै आएको प्राधिकरणले आज (शनिबार) बढीमा तीन घण्टा बिजुली कटौती गर्न लागेको हो ।

काठमाडौंको बालाजु, कुलेश्वर, कलंकी लगायतका क्षेत्रमा बिहान १० बजेदेखि कटौती भएको बिजुली १२ बजे मात्रै आउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

यस्तै बालाजु क्षेत्रको वनस्थली, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत कटौती हुने  प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिए।

अर्यालका अनुसार ट्रान्सफर्मर जोड्नु पर्ने तथा रुख काट्नु पर्ने भएकाले कुलेश्वर कलंकी क्षेत्रमा पर्ने सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती काटिँदै छ।

भक्तपुरको ठिमी, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा पनि बिहान १० बजेदेखि विद्युत कटौती भएको छ । यो क्षेत्रमा १२ बजेसम्म बिजुली नआउने अर्यालले बताए।

मुलुकका विभिन्न स्थानमा मर्मत सम्भार गर्नु परेकाले विद्युत कटौती भए पनि यसलाई लोडसेडिङको रूपमा नबुझ्न प्राधिकरणले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १० : ०१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम