भारतमा सेप्टेम्बरमा सवारी साधन विक्रीमा २६ प्रतिशतले वृद्धि | Khabarhub Khabarhub

भारतमा सेप्टेम्बरमा सवारी साधन विक्रीमा २६ प्रतिशतले वृद्धि


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा सवारी साधनको विक्रीमा सेप्टेम्वरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि भएको छ ।

भारतीय सवारी उत्पादक समाज (एसआइएम)का अनुसार  सेप्टेम्बरमा भारतले दुई लाख ७२ हजार २७ थान कार विक्री गरेको भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा दुई लाख १५ हजार १२४ थान विक्री भएको थियो ।

एसआइएमको तथ्याङ्कमा सेप्टेम्बरमा कारको विक्री अघिल्लो वर्षको सोही महिनासम्मको तुलनामा २८.९२ प्रतिशतले वृद्धि भएको छ ।  यातायातका लागि प्रयोग हुने जीप तथा अन्य सार्वजनिक सवारी साधनको विक्री २४.५० प्रतिशतले बढेको उल्लेख छ । त्यसैगरी भ्यान विक्री दरमा १०.६४ प्रतिशतले वृद्धि भएको छ ।

सेप्टेम्बरमा तीन पाङ्ग्रे सवारी साधनको विक्रीमामा भने अघिल्लो वर्षको तुलनामा ७१.९१ प्रतिशतले कमी आएको छ । दुई पाङ्ग्रे साधनको विक्री पनि ११.६४ प्रतिशतले बढेको छ ।

एसआइएमले यो वर्षको गत वर्षको सेप्टेम्बरको तुलनामा सवारी साधन र तीन पाङ्ग्रे साधनको निर्यातमा क्रमशः ३५.८९ प्रतिशत र ५.३५ प्रतिशतले कमी आएको जनाएको छ ।

दुई पाङ्ग्रे सवारी साधनको समग्र निर्यातमा ९.१७ प्रतिशतले कमी देखिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : ३० बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास