यूथ कांग्रेसद्वारा मेयर शाक्यको होटल आईसोलेसनको खर्चको विवरण माग | Khabarhub Khabarhub

यूथ कांग्रेसद्वारा मेयर शाक्यको होटल आईसोलेसनको खर्चको विवरण माग


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यूथ कांग्रेस नेपालले काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यको कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणपश्चात् ‘सोल्टी होटल’ आइसोलेसनमा बसेको खर्चको विवरण माग गरेको छ ।

होम आईसोलेसनमा बसेका भनिएका मेयर शाक्य सोल्टी होटलको आइसोलेसनमा बसेको भनि विभिन्न सञ्चार माध्यममा समाचार बाहिरीएपछि यूथ कांग्रेस नेपालका सदस्यहरुले सूचनाको हक सम्बन्धिको निवेदन मार्फत् मेयर शाक्यको आइसोलेसन खर्च माग गरेको हो ।

यसैगरी विगत ६ महिनामा महानगरका कर्मचारी र पदाधिकारीहरुले ‘कोभिड – १९’ को उपचार र सुरक्षाका सम्बन्धमा गरेको खर्च विवरण समेत माग गरेको छ।

यसअघि गत चुनावमा महानगरको मेयरकी प्रत्यासी रञ्जु दर्शनाले सूचनाको हक अन्तर्गत मेयर शाक्यको खर्च माग गर्दै निवेदन दिएकी थिईन् ।

हेर्नुहोस् विज्ञप्ति –

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ९ : २९ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई