संविधान दिवसमा विभूषण पाउने व्यक्तिहरुको नाम सिफारिस | Khabarhub Khabarhub

संविधान दिवसमा विभूषण पाउने व्यक्तिहरुको नाम सिफारिस


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले संविधान दिवसका अवसरमा विभूषण पाउने व्यक्तिहरूको नाम सिफारिस गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभिन्न विधामा विभूषण पाउने ५ सय ९० व्यक्तिको नाम सिफारिस गरेको एक मन्त्रीले बताए।

‘आजको मन्त्रिपरिषदमा अरु एजेण्डा केही पनि थिएन। विभूषण पाउने व्यक्तिहरूको नाम सिफारिस गरिएको हो,’ती मन्त्रीले भने,’विभिन्न विधामा गरी ५ सय ९० को हाराहरीमा विभूषण पाउने व्यक्तिको नाम सिफारिस भएको छ।’

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वको विभूषण सिफारिस समितिको प्रस्तावको आधारमा मन्त्रिपरिषदले मानपदवीको निर्णय गरेको हो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ।

गत वर्ष सरकारले संविधान दिवस(असोज ३) का दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई विभिन्न सम्मान र पदक दिने घोषणा गरेको थियो।

यसपटक सिफारिस गरिएका व्यक्तिले अर्को वर्षको संविधान दिवसका दिन विभूषण पाउनेछन्।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ८ : ०१ बजे

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका