अस्पतालको वेडबाट शशांकले भने- मेरो चिन्ता लिनुपर्दैन, २/३ दिनमै ठीक भएर आउँछु (भिडियोसहित) | Khabarhub Khabarhub

अस्पतालको वेडबाट शशांकले भने- मेरो चिन्ता लिनुपर्दैन, २/३ दिनमै ठीक भएर आउँछु (भिडियोसहित)


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो चिन्ता नलिन शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।

कोरोना संक्रमण भएपछि होम आइसोलेसन बसेका बेला स्वास्थ्य अवस्था बिग्रन थालेपछि ओम अस्पतालमा भर्ना भएका उनले बिहीबार बिहान आफ्नो चिन्ता नलिन आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफ्नो चिन्ता नलिन आग्रह गरेका हुन् । उनले कोरोना संक्रमण भएपछि ओम अस्पतालको आइसोलेसनमा बसेको र चिन्ता लिनु नपर्ने बताएका हुन् र साथै दुई तीन दिनमा डिस्चार्ज हुने जानकारी दिएका छन् ।

उनलाई ज्वरो आएपछि ओम अस्पताल भर्ना गरेर उपचार गरिएको हो । उनको अपचारमा डा.विश्वनाथ कोइराला, डा.सुबोध ढकाल र बाबुकाजी कार्की खटेका छन् ।

गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका कोइरालाको अवस्था बिग्रिँदै गएपछि बुधबार बिहान चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  १२ : १० बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना