महोत्तरीमा भदौ १० गतेसम्म निषेधाज्ञा | Khabarhub Khabarhub

महोत्तरीमा भदौ १० गतेसम्म निषेधाज्ञा


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- कोरोना भाइरसको जोखिम बढ्दै गएपछि महोत्तरीमा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले महोत्तरीले जिल्लाभरि नै निषेधाज्ञा जारी गरेको हो ।

आज राति १२ बजेबाट लागू हुने गरी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

यसअघि जिल्ला प्रशासनले जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाको वडा नम्बर ३ र ५ मात्रै निषेधाज्ञा गरेको थियो ।

उक्त क्षेत्रमा साउन १५ गतेदेखि निषेधाज्ञा जारी राखिएको भएपनि संक्रमण जिल्लाभरि नै देखिएका कारण भदौ १० गतेसम्म जिल्लामै निषेधाज्ञा गर्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

निषेधाज्ञा अवधिभर बिहान ६ बजे देखि ९ बजेसम्म  अत्यावश्यक पसल व्यवसाय संचालन गर्न पाइनेछ ।

व्यवसाय संचालन गर्दा मास्क, ग्लोब्स, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दूरी कायम गर्न भनिएको छ ।

निषेधाज्ञाको उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिनेसमेत प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

हालसम्म महोत्तरीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ८८ जना पुगेको छ ।

आज जिल्लाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेश यस्तो छ-

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ८ : ३० बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको