टम क्रुजले स्टन्ट दिँदा बाइकमा लाग्यो आगो, ‘मिसन इम्पोसिबल ७’ को शूटिङ रोकियो | Khabarhub Khabarhub

टम क्रुजले स्टन्ट दिँदा बाइकमा लाग्यो आगो, ‘मिसन इम्पोसिबल ७’ को शूटिङ रोकियो


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – हलिउड स्टार टम क्रुजको आगामी फिल्म ‘मिसन इम्पोसिबल ७’ को छायांकन रोकिएको छ ।

टम क्रुजले एक स्टन्ट गरिरहेका थिए । उक्त स्टन्ट गर्ने क्रममा बाइक (मोटरसाइकल) मा आगो लागेको थियो ।

कोरोना भाइरसका कारण ढिलो र पुनः शूटिङ थालिएको यो फिल्मको इङ्ल्याण्डमा छायांकन भइरहेको थियो । छायांकनका बेला दुर्घटना भएपछि पुनः सबै काम रोकिएको छ ।

रिपोर्टका अनुसार, एक स्टन्टका दौरान बाइकमा आगो लाग्दा फिल्मको सेटमा पनि नोक्सान पुगेको छ । यो सेटलाई बनाउनलाई २० करोडभन्दा बढी लागत लागेको जनाइएको छ ।

फिल्मका शीर्ष कलाकार टम क्रुज दुर्घटनामा परे पनि घाइते हुनबाट जोगिएका छन् । बरु फिल्मको छायांकन समयमा हुन नपाएकोमा उनी चिन्तित छन् ।

खबरलाई मान्ने हो भने, एक एक्सन सिनका लागि फिल्मको क्रुले पोल्याण्डमा एक सय वर्ष पुरानो पुललाई ध्वस्त बनाउने योजना बनाएका छन् ।

यसअघि रिलिज भएका मिसन इम्पोसिबल सिरिजले दर्शकको मन जितेका छन् । ‘मिसन इम्पोसिबल ७’ भने सन् २०२१ को नोभेम्बरमा रिलिज गर्ने तयारी छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ४ : १८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको