बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त | Khabarhub Khabarhub

बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाले मुख्य प्रशिक्षक क्विकी सेटिनलाई बर्खास्त गरेको छ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्यनसँग लज्जास्पद हार व्यहोरेसँगै क्लबले सेटिनलाई बर्खास्त गरेको हो।

शनिबार बिहान भएको खेलमा बार्सिलोना जर्मन क्लब बार्यन म्युनिखसँग ८-२ गोल अन्तरले पराजित भएको थियो।

लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले यो स्तरको नतिजा व्यहोर्ने अपेक्षा धेरै कमले गरेका थिए। तर, अनपेक्षित हारसँगै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरनु पर्दा क्लबको पहिलो कडा कदमका सिकार प्रशिक्षक सेटिन बनेका छन्।

यो वर्ष ला लिगामा समेत उपाधि हात पार्न नसकेको बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरीए लगत्तै क्लबका अध्यक्षले हप्ता दिनमा केही निर्णय हुने बताएका थिए।

सन् २०१९ को जनवरीमा अर्नेष्टो भालभार्देको स्थान लिएका सेटिनले क्लबका लागि राम्रो गर्न नसक्दा बर्खास्तीमा परेका हुन्।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ८ : ३८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र