सुर्खेतमा आजबाट निषेधाज्ञा, पीसीआर रिपोर्टविना प्रवेशमा समेत रोक | Khabarhub Khabarhub

सुर्खेतमा आजबाट निषेधाज्ञा, पीसीआर रिपोर्टविना प्रवेशमा समेत रोक


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजबाट ५ गतेसम्म निषेधाज्ञा लागू भएको छ ।

वीरेन्द्रनगरमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको गत बिहीबार बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

यसपटकको निषेधाज्ञा वीरेन्द्रनगर नगरपालिकामा मात्र लागू हुनेछ । जिल्ला प्रशासन कार्यालयका अनुसार मेडिकल, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, दूध, तरकारी, खाद्यान्न जस्ता अत्यावश्यक सामग्रीका पसलबाहेक अन्य सबै बन्द हुनेछन् ।

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म वीरेन्द्रनगरमा क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताए ।

आदेशको बर्खिलाफ गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

प्रशासनले निषेधाज्ञा जारी हुनुअघि आवश्यक पर्ने सम्पूण उपभोग्य वस्तु मौज्दातमा राख्न सर्वसाधारणलाई आग्रह गरेको थियो ।

त्यस्तै जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको वीरेन्द्रनगरमा पास लिएर आएका सवारीसाधनका यात्रुले सीमा नाकामा अनिवार्य रुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्ने निर्णय गरेको छ ।

बबई, काल्चे र कुइने सिमानामा पिसिआर परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्ति

कोरोनाभाइरस समुदायमा फैलिने संकेत देखिएपछि कर्णाली प्रदेश सरकारले आज (भदौ १) देखि कर्णाली प्रवेशमा कडाइ गरेको हो ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ८ : ०५ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज