विभिन्न स्थानमा सामान्य वर्षा, आइतबारदेखि लगातार भारी वर्षाको पूर्वानुमान, पूर्वतयारी गर्न सुझाव | Khabarhub Khabarhub

विभिन्न स्थानमा सामान्य वर्षा, आइतबारदेखि लगातार भारी वर्षाको पूर्वानुमान, पूर्वतयारी गर्न सुझाव


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।

मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो मुलुकका अधिकांश प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान मशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आज दिउँसो भारी वर्षाको सम्भावना छ । आजै राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

आइतबारदेखि फेरि भारी वर्षा

एक-दुई दिनदेखि केही कम भएको वर्षा साउन ४ गते रातिदेखि फेरि बढ्ने सम्भावना देखिएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन ४ गते रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले त्यसको ३–४ दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म तथा केही स्थानमा भारी साथै एक–दुई स्थानमा अति भारी (ज्यादै ठूलो) वर्षा हुने सम्भावना छ।

विशेषगरी साउन ५ देखि ८ गतेसम्म व्यापक र ठूलो वर्षा हुने जसका कारण देशव्यापी रूपमा बाढीपहिरोको जोखिम देखिएकाले विशेष पूर्वतयारी र उच्च सतर्कता अपनाउन विभागले सुझाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : ३९ बजे

उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु

संसद्‍मा बोल्न अनुमति माग्दै गृहमन्त्री रविले पठाए सभामुखलाई पत्र 

काठमाडौं–  संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई उपप्रधान तथा

बागमती प्रदेशमा वैशाख २८ देखि युवा सम्मेलन

मनहरी– बाग्मती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना

व्यक्ति विशेष संसदीय छानबिन समिति असम्भव : सचेतक बर्तौला 

काठमाडौं –नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले व्यक्ति विशेष