प्रधानसेनापति थापा र सशस्त्र आईजीपी खनालद्वारा दार्चुला सीमा क्षेत्रको निरीक्षण | Khabarhub Khabarhub

प्रधानसेनापति थापा र सशस्त्र आईजीपी खनालद्वारा दार्चुला सीमा क्षेत्रको निरीक्षण


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार दार्चुलाको उत्तरी सीमा ब्यास क्षेत्रको निरीक्षण गरेका छन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् बुधबार बिहान दार्चुला पुगेका प्रधानसेनापति र सशस्त्रका आईजीपीले नेपाली सेनाले निर्माण गरिरहेको ब्यास गाउँपालिका २ घाटीबगडको गोरेटो बाटोको स्थलगत अनुगमन तथा निरिक्षण गरेका हुन् ।

सेनाले नेपालको बाटो भएर ब्यास क्षेत्र जानका लागि घाटीबगड क्षेत्रमा गोरेटो बाटो निर्माण गरिरहेको छ ।

प्रधानसेनापति थापाले निर्माण कार्यस्थल पुगेर निर्माणमा सावधानी अपनाएर काम गर्न सेनाको विकास निर्माण कार्यदललाई निर्देशन दिए ।

उनीहरुले ब्यास गाउँपालिका १ छाङ्रुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपीको पनि निरीक्षण गरेका थिए  ।

सशस्त्र महानिरीक्षक खनालले दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरीको नम्बर ५० गुल्मको भवनको आजै उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १० : १३ बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका