कालापानी सीमा क्षेत्रको निरीक्षणमा निस्किए प्रधानसेनापति थापा र सशस्त्र आईजीपी खनाल | Khabarhub Khabarhub

कालापानी सीमा क्षेत्रको निरीक्षणमा निस्किए प्रधानसेनापति थापा र सशस्त्र आईजीपी खनाल


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल कालापानी क्षेत्र प्रस्थान गरेका छन्।

कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको आउट पोस्ट (बीओपी) निरीक्षण गर्न प्रधानसेनापति थापा र आईजीपी खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फ उनीहरु दुवै जना त्यसतर्फ प्रस्थान गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

उनीहरुले दार्चुलाको छाङरुमा स्थापना भएको सशस्त्रको बीओपी र घाँटीबगरमा स्थापना भएको सेनाको अस्थायी बेस क्याम्पको निरीक्षण गर्नेछन् ।

भारतले नेपाली भूमी मिचेर सडक बनाएपछि सेनाको अस्थायी बेस र सशस्त्रको बीओपी त्यस क्षेत्रमा स्थापना गरिएको थियो।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १० : ३७ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ