जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखलाई | Khabarhub Khabarhub

जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखलाई


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन फुटबलको शीर्ष डिभिजन लिग, बुन्डेसलिगाको उपाधि जीतेको छ ।

मंगलबारको खेलमा १० खेलाडीमा समेटिएको बायर्नले वेर्डर ब्रेमेनको मैदानमा १-० को जीत निकाल्दै म्युनिकले उपाधि जीतेको हो ।

लिगको दुई खेल बाँकी रहँदै बायर्न च्याम्पियन बनेको हो । वेर्डरविरुद्ध बायर्नको जीतमा फरवार्ड रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो ।

खेलको ४३ औं मिनेटमा लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए । उनले जेरोम बोटेङको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र छातीले नियन्त्रणमा लिँदै दोस्रो टचमा गोल गरेका थिए ।

खेलको ७९ औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिएको थियो । अल्फोन्सो डेभिसले दोहोरो पहेंलो कार्ड पाएपछि घरेलु टोलीले अन्तिम समयमा एक खेलाडी बढी खेल्न पाएपनि गोल फर्काउन भने सकेन ।

जीतसँगै बायर्नले ३२ खेलमा ७६ अंक जोड्दै उपाधि पक्का गरेको हो । दोस्रो स्थानमा रहेको डर्टमुन्डको ३१ खेलमा ६६ अंक रहेको छ । डर्टमुन्डको ३ खेल बाँकी रहँदा बायर्न १० अंकले अगाडी रहेपछि उपाधि पक्का भएको हो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : ३७ बजे

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी