लकडाउनमा सैनिक पोशाक लगाएर ओहोर-दोहोर गर्ने युवा पक्राउ | Khabarhub Khabarhub

लकडाउनमा सैनिक पोशाक लगाएर ओहोर-दोहोर गर्ने युवा पक्राउ


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनको समयमा सैनिक पोशाक लगाएर ओहोर-दोहोर गर्ने गैह्र सैनिक एक युवा पक्राउ परेका छन् ।

सेनाको पोशाक लगाएर मोटरसाइकल चलाउँदै गरेका बाँसबारी बस्ने २९ वर्षीय सुशील खड्कालाई सेनाले पक्राउ गरेको हो ।

बाँसबारीमा राजु कोल्डस्टोर नामको होटलका सञ्चालक खड्कालाई सैनिक प्रहरीले महाराजगन्जबाट नियन्त्रणमा लिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

प्रहरीले चेक नगरोस् भनेर खड्काले सधैँ सैनिक पोशाक लगाएर आवतजावत गर्दै आएको खुलेको पाण्डेले बताए।

प्रवक्ता पाण्डेका अनुसार, लकडाउनका समयमा सैनिक पोशाक लगाएका व्यक्तिले चलाएका सवारी साधनको ओहोरदोहोर बाक्लो देखिएको भन्ने गुनासो प्राप्त भएपछि सैनिक मुख्यालय जङ्गी अड्डाले जाँच गर्न उपत्यका चार स्थानमा सैनिक जवान समेत खटाएको हो ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ६ : २७ बजे

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार