भारतबाट आएका ३३ जना झापाको क्वारेन्टाइनमा राखियो | Khabarhub Khabarhub

भारतबाट आएका ३३ जना झापाको क्वारेन्टाइनमा राखियो


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- भारतको मुम्बईबाट फर्किएका ३३ जना नेपालीलाई झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । गएको शुक्रबार राति पाँचदेखि १० जनासम्मको समूह बनाई उनीहरु केचना, पाठामारी र घेराबारीबाट राति नेपाल प्रवेश गरेका थिए ।

उनीहरु सबै कचनकवल गाउँपालिकाकै रहेको पालिकाका अध्यक्ष अञ्जार आलामले बताए । केचनकवल –२ स्थित पथरिया माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ । रोजगारीका सिलसिलमा उनीहरु मुम्बई पुगेको अध्यक्ष आलमको भनाई छ ।

‘ट्रेनबाट ल्याएर नेपालीहरुलाई भारतीय एसएसवीले सीमाबाट सजिलै छाडिदिँदोरेहछ’, उनले भने, ‘सीमामा खटिएका सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उनीहरुलाई तत्काल कब्जामा लिएर क्वारेन्टाइनमा राखेका छौं । आफ्ना नागरिकको सुरक्षा गर्ने दायित्व हाम्रै हो ।’

क्वारेन्टाइनमा राखिएका सबैको स्बाब सङ्कलन गरी परीक्षणका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

अध्यक्ष आलामले भारतको दिल्ली, मुम्बई, केरेलालगायतका स्थानमा १० हजार बढी युवाहरु कचनकवल गाउँपालिकाबाट मात्र रोजगारीका लागि गएको जानकारी दिए । उनले सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने नेपालीलाई परिवारसँग घुलमिल नभई पालिकाले तयार गरेको क्वारेन्टाइनमा आएर बसिदिन समेत आग्रह गरेका छन् । पालिकाले १५० जना अटाउने सक्ने क्षमताको दुईवटा स्थानमा क्वारेन्टाइन तयार गरेको छ ।

भारतीय सीमावर्ती क्षेत्र पानीटेङ्की, नक्सलबाडीलगायतका क्षेत्रमा अलपत्र परेका नौ सय नेपालीलाई सोमबारसम्ममा नेपाल फर्काउने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

उनीहरुलाई स्थानीय तहले नाकामा तयार गरिएको होल्डिङ सेन्टरमा राखेर आरडिटी परीक्षण पछि आ–आफ्ना जिल्ला तथा प्रदेशमा पठाइने व्यवस्था गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ४ : ४५ बजे

बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई माओवादीले उछिन्यो

  बझाङ–बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

सर्लाहीका आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

बरहथवा– राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि

९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी

इलाम–इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक

गाजा– गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले