कोरोना भाइरस : नेपालबाहिर ९५ नेपालीको मृत्यु, ६७ सयभन्दा बढी संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस : नेपालबाहिर ९५ नेपालीको मृत्यु, ६७ सयभन्दा बढी संक्रमित


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले नेपालबाहिर विश्वका विभिन्न १० देशमा ९५ नेपालीको मृत्यु छ ।

६ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

१६ मे २०२० सम्मको तथ्यांक सार्वजनिक गरेको एनआरएनएले संयुक्त राज्य अमेरिकामा १५ जना, संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १ र स्वीडेनमा १ जना नेपालीको मृत्यु भएको छ ।

नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एशियामा ५ प्रतिशतमा कोरोना संक्रमणमा देखिएको छ ।

अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण नदेखिएको एनआरएनएले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ८ : १८ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले