दक्षिण कोरियामा एक नेपालीलाई  ६ महिनाको जेल सजाय  | Khabarhub Khabarhub

दक्षिण कोरियामा एक नेपालीलाई  ६ महिनाको जेल सजाय 


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरिया- दक्षिण कोरियाको ईन्छन अदालतले नक्कली फोटो प्रयोग गरी ईपीएस भाषा परिक्षा दिई रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका एक नेपालीलाई ६ महिना जेल सजाय सुनाएको छ।

कोरियाको आप्रवासी नियन्त्रण ऐनको उल्लङ्घन गरेको आरोपमा ३४ वर्षीय एक नेपालीलाई ईन्छन जिल्ला अदालतका न्यायाधीश सिओक जुन ह्यप को ईजलाषले बुधवार उनलाई २ वर्ष कोरिया प्रवेशमा रोक तथा ६ महिनाको जेल सजायकाे फैसला सुनाएको हो ।

उनले २०१७ जुन महिनामा भएको ईपीएस भाषा परिक्षामा कोरियन भाषामा दख्खल ब्यक्तीलाई प्रयोग गरी कोरियन भाषा पास गरेको,फर्जी कागजात पेश गरेर कोरिया आएको ,परीक्षा दिने व्यक्ति र आफ्नो फोटोलाई फोटोशप प्रयोग गरी अनुहार सिन्थेसाईज गरेको पाईएपछी अदालतले उनलाई यस्तो सजाय सुनाएको हो।

न्यायाधीशका अनुसार उनले कोरियाको ईमिग्रेशन कन्ट्रोल एक्ट विपरीत कार्य गरेकोले यस्तो सजाय सुनाइएको बताएका छन्।

सजाय पाएका व्यक्तिको परिचय भने गोप्य राखिएको छ । यसअघि पनि नक्कली परीक्षा तथा फोटोको दुरुपयोग गरी कोरिया पुगेको अभियोगमा पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : ०२ बजे

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ