काभ्रेको पनौतीमा कर्फ्यू हट्यो | Khabarhub Khabarhub

काभ्रेको पनौतीमा कर्फ्यू हट्यो


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे-जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौतीमा लगाएको कर्फ्यू हटाएको छ । मंगलबार राति ८ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश हटाइएको हो ।

सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्करबाट खानीखोला गाउँपालिकाकी ३० वर्षीया जनिमाया गोले र उनकी छोरी ३ वर्षीया स्मारिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

घटनालाई लिएर स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो ।

बनेपाबाट पनौतीतर्फ गएको टिप्परले किचेको छोरी स्मारिका भ्लोनलाई बचाउन खोज्दा आमाको पनि मृत्यु भएकोमा चालक रोशी गाउँपालिका–२ का ३६ वर्षीय नवराज थापालाई पक्रेर कानून बमोजिम हदैसम्मको कार्वाही र मृतकको हकदारले कानूनबमोजिम पाउनुपर्ने क्रिया खर्च, क्षतिपूर्तिसमेत दिलाउन पीडितले जाहेरी दिएपछि शवपरीक्षणको प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले पीडित पक्षले दिएको जाहेरीका आधारमा शवपरीक्षणको प्रक्रिया र पीडकलाई कार्वाहीको प्रक्रिया अगाडि बढाएको बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : ४७ बजे

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला