यी दुई कारणले महरालाई अदालतले दियो सफाइ | Khabarhub Khabarhub

यी दुई कारणले महरालाई अदालतले दियो सफाइ


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग)को मुद्दामा निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाउनुमा मुख्यतया दुई वटा कारण रहेको जिल्ला अदालत काठमाडौंको फैसलामा उल्लेख छ ।

पहिलो कारण पीडित भनिएकी महिलाले महरा आफ्नो कोठामा नआएको बयान दिएको र महराले पनि महिलाको कोठामा गएको कुरा अस्वीकार गरेकाले महरालाई दोषी करार गर्नुपर्ने आधार नदेखिएको र अर्को पीडित भनिएकी महिलाको कोठामा भेटिएका रक्सीका बोतल लगायतका सामग्रीसँग महराको फिंगरप्रिन्ट परीक्षणबाट तुलनात्मक रुपमा नमिलेको पनि फैसलामा उल्लेख छ ।

संसद सचिवालयकी महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दोष रहेको फैसला गरेसँगै उनी आजै डिल्लीबजार कारागाबाट घर फर्किएका छन्।

पूर्वसभामुख महराले वक्तव्य जारी गर्दै कृष्णबहादुर महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्‍च प्राथमिकतामा रहने बताएका छन् । उनले यो अवधिमा साथ र सहयोग गर्ने सवैप्रति धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ८ : ४७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर