महाशिवरात्रिमा 'साधु-सन्त'का लागि २४ लाख रुपैयाँ विनियोजन | Khabarhub Khabarhub

महाशिवरात्रिमा ‘साधु-सन्त’का लागि २४ लाख रुपैयाँ विनियोजन


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुठी संस्थानले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने साधुसन्तका लागि धुनी, खाना एवं दक्षिणा दिई बिदाइ गर्न रु २४ लाख बजेट विनियोजन गरेको छ ।

संस्थानको स्थापना भएदेखि नै महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने साधुसन्तको धुनी, खाना र बिदाइ स्वरुप दक्षिणाको व्यवस्थाको जिम्मेवारी पूरा गर्दै आएको छ ।

पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि औँसीसम्म धुनीका लागि दाउरा, खाना र बिदाइका बेला दक्षिणा दिने परम्परा रहेको संस्थान गोश्वारा कार्यालय पशुपतिका प्रमुख उमा आचार्यले जानकारी दिइन् ।

साधुसन्त आआफ्नो सम्प्रदाय अनुसारका अखडामा बस्ने गर्छन् । दुई हजारभन्दा बढी साधु सन्त पशुपतिमा आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फागुन ७ गते एकादशीदेखि साधुसन्त पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने संस्थानले जनाएको छ । औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्र नै साधुसन्त बस्न पाउने परम्परा छ ।

साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको सङ्कल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा पनि रही आएको छ ।

यस वर्ष एकादशीका दिन बिहान सवा दश बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गर्ने कार्यक्रम तय भएको पनि संस्थान पशुपति गोश्वारा कार्यालय प्रमुख आचार्यले बताइन् ।

सङ्कल्पमा लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणा हुन्छ । सङ्कल्प गरिएको सामग्री मूल साधुलाई दिइने गरिएको छ । यस वर्षको मूल साधु पनि एकादशीकै दिन तय हुने संस्थानले जनाएको छ ।

यसबाहेक कोषले पनि धुनी, खाना र बिदाइका लागि बेग्लै व्यवस्था गर्छ । कोष स्थापना हुनुअघि संस्थानले सबै व्यवस्था गर्ने गरेको थियो । प्रत्येक वर्ष महाशिवरात्रिमा पशुपतिमा भक्तजनको सङ्ख्या बढ्न थालेपछि स्थापनासँगै कोषले पनि साधुसन्तका लागि धुनी, खाना र बिदाइमा बजेट विनियोजन गर्न थालेको हो ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १० : ३० बजे

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको