विप्लव नेकपाका नेता प्रकाण्डका छोरा नरेन्द्र पक्राउ | Khabarhub Khabarhub

विप्लव नेकपाका नेता प्रकाण्डका छोरा नरेन्द्र पक्राउ


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा नरेन्द्र विक पक्राउ परेका छन् ।

विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका विकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले विकलाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताए ।

नरेन्द्रसँगै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश विकलाई पनि पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ४ : ४६ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको