अमेरिका जान बैंक ब्यालेन्स देखाउनु भन्दै ६० लाख ठगेपछि... | Khabarhub Khabarhub

अमेरिका जान बैंक ब्यालेन्स देखाउनु भन्दै ६० लाख ठगेपछि…


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिलासँग अमेरिका जान बैंक ब्यालेन्स देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारी ६० लाख ठगी गरको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

अमेरिका जाँदा ६० लाख बैंक ब्यालेन्स देखाउनु भन्दै एक महिलालाई ठगी गरेको आरोपमा प्रहरीले बाग्लुङका रामचन्द्र कुँवर र ललितपुरका गणेश लामालाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई भक्तपुरबाट आइतबार पक्राउ गरेको जानकारी दिएको हो ।

प्रहरीका अनुसार उनीहरुले नुवाकोट शिवपुरी गाउँपालिका–३ की सानुमाया लामालाई अमेरिका जानका लागि बैंक ब्यालेन्स् देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारेर रामचन्द्र कुँवरको खातामा उक्त रकम राख्न लगाएका थिए ।

लामाले उनको खातामा पैसा राखेको भोलिपल्ट उनीहरुले प्राईम बैकको चावहिल, नयाँबानेश्‍वर, कोटेश्‍वर, सामाखुसी र ईमाडोलबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमति पत्र राखेर रकम झिकेर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले अन्य ३ जनाबाट समेत ७० लाख ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ४ : २१ बजे

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको