कोरोना भाइरसको बिरामीलाई उत्तर कोरियामा मृत्युदण्ड | Khabarhub Khabarhub

कोरोना भाइरसको बिरामीलाई उत्तर कोरियामा मृत्युदण्ड


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उत्तर कोरियामा कोरोना भाइरस लागेका एक जनालाई मृत्युदण्ड दिइएको खुलाास भएको छ ।

दक्षिण कोरियाको डोङ अ – इल्बो अखबारका अनुसार कोरोना भाइरस लागेका एक जनालाई उत्तर कोरियामा मृत्युदण्ड दिइएको हो ।

कोरोनाभाइरसबाट संक्रमित व्यक्तिले क्वारेन्टाइन नै नगरी सार्वजनिक स्नानगृह प्रवेश गरेको भन्दै मृत्युदण्ड दिइएको बुझिएको छ ।

ती मानिसलाई नियन्त्रणमा लिएर तत्कालै मृत्युदण्ड दिइएको जनाइएको छ । मृत्युदण्ड पाएका व्यक्ति चीन भ्रमणमा गएको र स्वदेश फर्केपछि उनलाई अलग्गै राखिएको थियो ।

उनी सरकारी अधिकारी रहेको समाचारमा उल्लेख छ । त्यस्तै, उत्तर कोरियामा नै अर्का सुरक्षा अधिकारीले आफू चीन भ्रमणमा गएको कुरा लुकाएको आरोपमा उनलाई गाउँ पठाइएको छ ।

उनी उत्तर कोरियाको शक्तिशाली राष्ट्रिय सुरक्षा निकायका अधिकारी हुन् । यसअघि उत्तर कोरियाले चीन भ्रमणबाट फर्केका जो कोहीलाई पनि ३० दिनसम्म क्वारेन्टाइनमा राख्ने घोषणा गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमित भएको आशंका गरिएका मानिसलाई केबल १४ दिन मात्र क्वारेन्टाइनमा राखे पुग्ने बताए पनि उत्तर कोरियाले महामारी फैलिन नदिन दोब्बर भन्दा बढी समय क्वारेन्टाइनमा राख्ने घोषणा गरेको हो ।

उत्तर कोरियाले यसअघि नै कोरोनाभाइरस रोकथामका लागि चीनसँगको नाका ठप्प पारिसकेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १ : २० बजे

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार