आरआर क्याम्पसमा नेकपा र कांग्रेस निकट विद्यार्थीबीच झडप | Khabarhub Khabarhub

आरआर क्याम्पसमा नेकपा र कांग्रेस निकट विद्यार्थीबीच झडप


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निकट विद्यार्थी संगठनबीच झडप भएको छ ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा नेकपा निकट अनेरास्ववियू र कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ)का कार्यकर्ताहरुबीच झडप भएको हो ।

झडपमा करिब १० जनाजति घाइते भएका छन् । महानगरीय प्रहरी बृत्त सिंहदरबारका अनुसार झडपमा संलग्न केही विद्यार्थीलाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ४ जना नेविसंघ र २ जना अनेरास्ववियूसँग सम्बन्धित छन् ।

झडपमा अनेरास्ववियूका संगम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपाने तथा नेविसंघका पुस्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का घाइते भएका जनाइएको छ ।

प्रहरीका अनुसार दुवै संगठनका विद्यार्थीबीच शनिबार भएको एउटा पिकनिक (वनभोज कार्यक्रम)का विषयमा झडप भएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : ५९ बजे

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी