सफ्टवेयरबाटै देशभरको खानेपानीको अवस्था थाहा पाइने | Khabarhub Khabarhub

सफ्टवेयरबाटै देशभरको खानेपानीको अवस्था थाहा पाइने


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानी मन्त्रालयले देशैभरिकाे खानेपानीको अवस्थाबारे जानकारी लिन सकिने सफ्टवेयर प्रयोगमा ल्याउने भएको छ ।

मन्त्रालयले खानेपानी आयोजनाको अवस्था, आयोजनाको सुचारुपना, दिगोपना र पहुँचबाहिर रहेका उपभोक्ताबारे डिजिटल तथ्याङ्क, जानकारी र सूचना दिने उद्देश्यले वेबमा आधारित सफ्टवेयर तयार गरेको हो ।

विश्व बैंकको सहयोगमा तयार भएको उक्त सफ्टवेयरबारे आज खानेपानी मन्त्रालयमा प्रस्तुति गरिएको थियो ।

सो अवसरमा खानेपानी मन्त्री बीना मगरले नयाँ प्रविधिको माध्यमबाट देशैभरिको खानेपानीको अवस्थाबारे थाहा हुने भएपछि यसले खानेपानीका योजना बनाउन सहयोग गर्ने बताइन् ।

“अधिकांश जनप्रतिनिधि योजना माग्न आइरहनुहुन्छ । कुन ठाउँमा खानेपानी आयोजनाको आवश्यकता छ, कुन ठाउँमा छैन भन्ने कुरा यसबाट थाहा हुने भएकाले अब मन्त्रालयलाई काम गर्न सजिलो हुन्छ”, उनले भनिन्, “खानेपानी र सरसफाइको क्षेत्रमा नयाँ ‘टेक्नोलोजी’का माध्यमबाट काम गर्न सहज हुने भएकाले अब योजना छनोट गर्न सजिलो हुने भएको छ ।”

खानेपानीको अवस्थाको तथ्याङ्क लिइसकेपछि ७५३ वटै स्थानीय तहमा सरसफाइ योजना बनाउने उनको भनाइ थियो ।

‘एनवास’ नाम दिइएको उक्त सफ्टवेयर प्रणालीमार्फत देशैभरिका खानेपानी आयोजनाको डिजिटल तथ्याङ्क, सर्भे गर्ने व्यक्ति, सम्बन्धित खानेपानी योजनाको मुहान, रिजर्भवायर ट्याङ्की र पाइपलाइनको अवस्था साथै उपभोक्ता समितिबारे विस्तृत जानकारी पाउन सकिने मन्त्रालयका सिनियर डिभिजनल इन्जिनीयर डा रजित ओझाले जानकारी दिए ।

सफ्टवेयरबारे जानकारी गराउँदै उनले भने, “कुनै आयोजनाको संरचना खोलाले बगाएको छ कि छैन ? रिजर्भवायर ट्याङ्की, पाइपलाइनको अवस्था कस्तो छ ? कति उपभोक्ताले खानेपानी उपभोग गरिरहेका छन् ? कति ठाउँमा खानेपानी पुगेको छैन ? सबै कुराको यथार्थ वस्तुस्थिति जानकारी यो सफ्टवेयरबाट थाहा हुन्छ ।”

सफ्टवेयरमा खानेपानी सुविधा नपुगेको वा पहुँच बाहिरका उपभोक्तासम्बन्धी जानकारी समेत समावेश हुनेछ ।

सफ्टवेयरको माध्यमबाट खानेपानीमा पहुँच नभएका जनसङ्ख्याको तथ्याङ्क आएपछि खानेपानीको पहुँच नभएका क्षेत्रको पहिचान हुनेछ जसका कारण आगामी दिनमा योजना छनोट गर्न सजिलो हुनेछ ।

“जहाँ खानेपानीको पहुँच छैन, त्यो ठाउँमा योजना छनोट गर्न सजिलो हुनेछ । यसरी खानेपानीको पहुँच बाहिरका जनतालाई खानेपानी सेवा उपलब्ध गराउन सफल हुनेछौँ”, उनले भने ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ८ : ३४ बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट