मुलुकको समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यकः मुख्यमन्त्री पौडेल | Khabarhub Khabarhub

मुलुकको समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यकः मुख्यमन्त्री पौडेल


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपालको महान यात्रा तय गर्न सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताएका छन् ।

संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा आजबाट हेटौँडामा शुरु भएको ‘विकास र समृद्धिमा अन्तर तह समन्वय’ विषयक दुई दिने अन्तर्क्रिया कार्यक्रममा उनले भने, “मुलुकको विकास र समृद्धिका लागि सबै नेपालीले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।”

मुख्यमन्त्री पौडेलले मुलुकमा संघीयता आएको र सोही अनुसारको संरचनाहरु बनेको भए पनि केन्द्र नै सबैथोक हो भन्ने मानसिकता सबैतिर हाबी भएको उल्लेख गर्दै स्थानीय तह बनिसकेपछि पनि संघीय सरकारले विकास निर्माणका काममा आफ्नै संरचना बनाएर जिल्ला जिल्लामा काम गर्दै आएको बताए ।

केन्द्र, प्रदेश र स्थानीय सरकारका अधिकारबारे संविधानमा स्पष्ट व्यवस्था रहे पनि विविध कारणले त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले काम र अधिकारको वर्गीकरण नहुँदासमेत प्रदेश सरकारले सोचेअनुसार विकास निर्माणको काम गर्न नसकेको बताए ।

मुख्यमन्त्री पौडेलले मुलुकको विकास र समृद्धिका लागि तीन तहका सरकारबीचमा समन्वय, सहकार्य र एकता अपरिहार्य आवश्यकता भएको बताउँदै विगतका र वर्तमानका काम गराइमा तात्विक भिन्नता नआएकाले अहिले पनि जनताका धेरै फाइल कार्यान्वयन नभएर टेबलमै थन्किएर बस्ने गरेको धारणा व्यक्त गरे ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले राज्यका तीनै तहका सरकार एकापसमा स्वायत्त भए पनि विकास निर्माणलगायत आयोेजनामा समन्वय गरेर काम गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : ४१ बजे

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार