स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा जुटे विद्यार्थी संगठन | Khabarhub Khabarhub

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा जुटे विद्यार्थी संगठन


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तय गरेसँगै प्रमुख विद्यार्थी सङ्गठन शैक्षिक मुद्दामा केन्द्रित हुन थालेका छन् । मातृ पार्टीका राजनीतिक मुद्दा र गुट उपगुटमा अलमलिएका विद्यार्थी सङ्गठनले निर्वाचनको तयारीले शिक्षाका मुद्दामा ध्यान दिन थालेका हुन् ।

युग चेतनाका संवाहकका रुपमा लिइने विद्यार्थी र युवा पुस्तामा राजनीतिप्रतिको निराशा छाएका बेला भोलिको नेतृत्व निर्माणका लागि समेत विद्यार्थी सङ्गठन र स्ववियु निर्वाचनको महत्व हुने गरेको छ । आर्थिक अनियमितता र गलत काममा विद्यार्थी नेता मुछिएमा भोलिको नेतृत्व आशाप्रद हुन नसक्ने राजनीतिक इतिहासले देखाएकाले स्ववियु निर्वाचनलाई यी सङ्गठनले उच्च महत्व दिएका छन् ।

एक दशकपछि हुन लागेको ‘मिनी संसद्’ र युवा जनमत सङ्ग्रहका रुपमा लिइने स्ववियु निर्वाचनको तयारीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जुटिसकेको छ भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्यसमितिको अवधि समाप्त भएकाले पार्टीले नेतृत्वबारे निर्णय गरेपछि संस्थागत र व्यवस्थितरुपमा लाग्ने तयारीमा छ ।

अनेरास्ववियुको केन्द्रीय कमिटीको एकतापछि गत पुस २७ र २८ गते काठमाडौँमा सम्पन्न प्रथम केन्द्रीय कमिटी बैठकले राष्ट्रियता, साङ्गठनिक र शैक्षिक मुद्दाहरुबारे निर्णय गरी सार्वजनिक शिक्षाको सुदृढीकरणमा अभियानसहित केन्द्रित हुने निर्णय गरेको छ ।

सो सङ्गठनका केन्द्रीय संयोजक ऐन महरले स्ववियु निर्वाचन तोकिएकै समयमा हुने भन्दै निर्वाचनका लागि स्थानीय क्याम्पसका साथै केन्द्रीकृत र राष्ट्रियताका मुद्दालाई प्राथमिकतामा राख्ने बताए ।

उनले ‘हाम्रो स्कुल राम्रो स्कुल’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिँदै सार्वजनिक (सामुदायिक) शिक्षाको सबलीकरण बिना शिक्षाले परिणाममुखी नतिजा दिन नसक्ने भएकाले स्ववियु निर्वाचनपछि देशभरको सङ्गठनका जिम्मेवार नेता कार्यकर्ताले विद्यालयको सुधारका लागि पहल गर्ने जनाए ।

सो सङ्गठनले मेडिकल शिक्षाभित्रको बेथितिविरुद्ध विद्यार्थीले निरन्तरको आन्दोलनपछि आंशिक उपलब्धि प्राप्त भए पनि अझै चर्काे शुल्क र शोषण नरोकिएकाले सहमतिअनुसार शुल्क फिर्ता गराउन सरकारसँग माग गरेको छ ।

शिक्षा, स्वास्थ्य र रोजगारको मौलिक हकलाई पूर्ण कार्यान्वयनमा लैजान कानून निर्माण र अन्य सबै पक्षका कामहरु गर्न, प्रमाणपत्र धितो राखी शैक्षिक ऋण दिने कार्यक्रम प्रभावकारी गराउन र वन विज्ञानको स्नातक तहको भर्नामा योग्यताक्रमलाई पालना तथा शिक्षा क्षेत्रको पुनः संरचना र समाजवादोन्मुख शिक्षा प्राप्तिका लागि शिक्षामा राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्न पनि अनेरास्ववियुको बैठकले माग गरेको छ ।

मुलुुकको अर्काे ठूलो विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समिति हाल रिक्त रहेकाले संस्थागतरुपमा स्ववियु निर्वाचनको तयारी र शैक्षिक मुद्दाको सूत्रीकरणमा अन्योल भए पनि यसका जिल्ला र क्याम्पसस्तरका शाखाहरु निर्वाचनको तयारीमा लागेको देखिन्छ ।

सङ्घका काठमाडौँ जिल्ला शाखाका अध्यक्ष मनोज वैद्यले स्ववियु निर्वाचन समयमा हुनुपर्नेमा आफूहरु स्पष्ट रहेको भन्दै पार्टीले केन्द्रीय तदर्थ समिति गठनबारे चाँडै निर्णय लिएपछि मुद्दाहरु थप स्पष्ट हुने बताए । गत माघ १० गतेदेखि नैनसिंह महर नेतृत्वको केन्द्रीय समितिको थप गरिएको अवधिसमेत सकिएपछि नेतृत्व रिक्त छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : ४५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड