हिमालयन शेर्पाद्वारा स्टार खेलाडीको बाहुल्यता रहेको मछिन्द्र पराजित | Khabarhub Khabarhub

हिमालयन शेर्पाद्वारा स्टार खेलाडीको बाहुल्यता रहेको मछिन्द्र पराजित


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको मछिन्द्र क्लब पराजित हुँदै दोस्रो स्थानमा घटुवा भएको छ । शुक्रबार भएको खेलमा मछिन्द्र क्लव हिमालयन शेर्पासँग पराजित भएको हो ।

वर्षाका कारण दशरथरंगशालाबाट एन्फा मैदान सातदोबाटोमामा सारिएको खेलमा शेर्पाले मछिन्द्रमाथि २–० गोलको जीत हात पारेको हो ।

स्टार खेलाडीको बाहुल्यता रहेको मछिन्द्रको यो पहिलो हार हो भने कमजोर नतिजासहित लिगको पुछारभन्दा एक स्थान माथि रहेको शेर्पाले मछिन्द्रमाथि जित हात पारेको हो ।

खेलको पहिलो मिनेटमै मछिन्द्रका पिटर सेगुनले आत्मघाती गोल गर्दा शेर्पाले अग्रता बनाएको थियो भने २० औं मिनेटमा शेर्पाका विजय गुरुङले गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्‍याएका थिए ।

पहिलो जित हात पारेको शेर्पा ७ अंकसहित नवौं स्थानमा उक्लिएको छ भने हारसँगै मछिन्द्र दोस्रो स्थानमा झरेको छ । ७ खेलबाट १३ अंक जोडेको मछिन्द्र ६ खेलसहित १३ अंक रहेको आर्मीभन्दा पछि परेको हो ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ५ : १५ बजे

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।