भिडियोमा हेर्नुस्, विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ? | Khabarhub Khabarhub

भिडियोमा हेर्नुस्, विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुव्यर्वहार गरेको आरोप लगाउँदै लाइभमार्फत प्रहरीलाई गाली गरेपछि आस्था राउत चर्चासँगै विवादमा तानिएकी छिन् ।  सामाजिक सञ्जालमा प्रहरीलाई गाली गर्दै राखेको भिडियो उनले हटाएकी थिइन् ।

बुधवार उनी भारतको सिक्किममा हुन लागेको रिम्बी मेलामा आफ्नो प्रस्तुति दिनका लागि भद्रपुर जाँदै थिइन् ।

विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरे राउतले खबरहबसँगको विशेष कुराकानीमा बताएकी थिइन् । उनले ती महिला प्रहरीले आफूलाई जबरजस्ती गरेको, ज्याकेटमा समाएर न्याँकेको समेत बताएकी थिइन् ।

तर, खबरहबलाई प्राप्त विमानस्थलको सीसीटीभी फुटेजमा पनि राउत र ती महिला प्रहरीबी झगडा भएको देखिन्छ । भिडियोमा देखिए अनुसार ती महिला प्रहरीले राउतको ज्याकेटमा कफी खन्याइदिन खोजेको देखिन्छ ।

आस्थाले खबरहबसँगको कुराकानीमा पनि ती महिला प्रहरीले कफी लैजा नत्र तेरो झोलामा खन्याइदिन्छु भन्दै दुव्र्यवहार गरेको बताएकी थिइन् ।

यो पनि पढ्नुहोस्:

 

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  २ : ४९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र