सभामुखबारेको विवाद अब नेकपा संसदीय दलले टुंगो लगाउने | Khabarhub Khabarhub

सभामुखबारेको विवाद अब नेकपा संसदीय दलले टुंगो लगाउने


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून मन्त्रीको समेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले सभामुख चयनको विवाद पार्टीको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्लागण्डकी नगर कमिटीले शुक्रवार तनहुँको दुलेगौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले सभामुख चयनको विवाद अब धेरै दिन नरहने बताए ।

मन्त्री ढकालले सभामुख चयन हुन नसक्दा संसद् बन्धक बनेको चर्चा गर्दै पार्टीले सहमतिमै सभामुख उम्मेदवार चयन गर्ने जानकारी दिए । मन्त्री ढकालले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)का विषयमा धेरै चर्चा भएकाले एमसिसीको बारेमा पनि संसदीय दलमा छलफल गरिने बताए ।

वर्तमान सरकारले गरेका राम्रा कामको पार्टीका कार्यकर्ताले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै मन्त्री ढकालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षालाई सार्थक बनाउन सरकार लागिपरेको उल्लेख गरे ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १ : ०१ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन