ससुराली गएका लामिछाने दुई छोरा र पत्नीसहित किन हाम्फाले त्रिशुलीमा ? | Khabarhub Khabarhub

ससुराली गएका लामिछाने दुई छोरा र पत्नीसहित किन हाम्फाले त्रिशुलीमा ?


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६ महिना र २ वर्षका दुई छोरासहित एक दम्पती बिहीबार साँझ त्रिशुली नदीमा हाम फालेका थिए ।

धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम फालेका मध्ये पति विनय लामिछानेको जीवितै उद्धार गरिएको छ भने उनकी पत्नी जमुना रेग्मी लामिछाने मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

काठमाडौंको थानकोटका विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा हाम फालेको थिए जसमध्ये दुई छोराको अवस्था भने अज्ञात रहेको धादिङ प्रहरी प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए ।

पानी परिरहेको र त्रिशुली नदीमा पानीको बहाव बढी हुनाका साथै धमिलो पनि रहेका कारण हराइरहेका दुई जनाको खोजीमा समस्या भएको उनको भनाइ छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित ससुराली पुगेर जानका लागि काठमाडौंबाट गएका थिए । उनीहरु गाडी गुड्ने पक्की पुलको सट्टा झोलुङ्गे पुलबाट फर्कंदै थिए । घटना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशुली नदीको पुलको करिब एक किलोमिटर दूरीमा रहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यापारमा ठूलो घाटा भएपछि लामिछाने परिवार तनावमा थिए । कमोडिटी अनलाइन बिजिनेसमा १ करोडभन्दा बढी घाटामा गएपछि परिवारसहित आत्महत्या गर्ने योजना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

सकुसल उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा रहेको र घटनाबारे उनीसँग सोधपुछको क्रम जारी रहेको एसपी रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : ५१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर