कांग्रेस संसदीय दलको बैठकमा सभामुख चयनको अन्यौलताबारे छलफल हुने | Khabarhub Khabarhub

कांग्रेस संसदीय दलको बैठकमा सभामुख चयनको अन्यौलताबारे छलफल हुने


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो साढे १ बजे बस्ने बैठकमा सभामुख चयनमा देखिएको अन्यौलताबारे छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

कांग्रेसले सभामुख चयनको विषयलाई लिएर सत्तारुढ नेकपाले संसदलाई बन्धक बनाएको भन्दै रोष प्रकट गर्दै आइरहेको छ ।

सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ। यसबारेमा छलफल गर्नका लागि कांग्रेसले शुक्रबार संसदीय दलको बैठक आह्वान गरेको छ।

सभामुख चयनमा देखिएको विवादका कारण संसद बन्धक भएको बारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको खाँणले बताए।

संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई सदनमा राख्न नसकेको भन्दै उनले संसद यथाशीघ्र चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएको उनले बताए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ८ : ३२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र