पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– द्वन्द्व कालमा मारिएको दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

थापाको हत्यामा सलंग्न ठहर भएका नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीया हरिलाल पुनलाई प्रहरीले प्रक्राउ गरेको हो।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा २०७१ मंसिर २१ गते जिल्ला अदालत दैलेखले  २ वर्ष कैद भुक्तानका लागि फैसला गरेको थियो ।

तत्कालीन द्वन्द्वका बेला दैलेख सदरमुकामका बासिन्दाको खानेपानी समस्या समाधानका लागि पहल गर्न नौमुलेको द्वारी पुगेका थापालाई माओवादीले अपहरण गरी हत्या गरेको थियो ।

उनको शव २०६५ साउन २७ गते द्वारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ५८ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार