दम रोगीले जाडोमा के खाने ? | Khabarhub Khabarhub

दम रोगीले जाडोमा के खाने ?


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुसको जाडो लागेसँगै दमका रोगीलाई निकै समस्या हुने गर्दछ । स्वासप्रश्वास सम्बन्धी रोग भएकाले चिसोमा दम रोगीलाई श्वास फेर्नमा कठिनाई हुने गर्छ ।

दमको समस्या भएकाहरु बिभिन्न औषधीको सहारा लिने गर्दछन् । तर यसको राम्रो परिणाम नहुन पनि सक्छ । तसर्थ आफ्नो खानपानलाई सुधारेमा मात्र दमको समस्यामा लाभ मिल्ने गर्दछ । त्यसो भए कस्ता खानेकुरा खाने त दम रोगीले ?

१. दम रोगीले एन्टिअक्सिडेन्ट र भिटा क्यारोटिनको राम्रो स्रोत मानिने ताजा फलको सेवन गर्नु पर्दछ । किवी र सुन्तला लगायतमा अत्यधिक मात्रामा भिटामिन सी र इ पाइन्छ । यस प्रकारका फलले फोक्सो सुन्निने तथा पोल्ने पनि कम हुन्छ ।

२. दमका रोगीहरुकालागि ताजा र हरियो पत्तेदार सागसब्जी समेत लाभदायक हुन्छ । यसमा हुने भिटामिन्स र फ्लेवोनाइड्सले शरीरमा मुक्त कणहरुलाई नष्ट गरिदिन्छ । यी मुक्त कण शरीरमा पाइने टक्सिस हुन्छन् जसले दमलाई अझै बढाउन सक्छ ।

३. दमका बिरामीलाई ड्राइ फुड्स उपायोगी हुन्छ । यसमा हुने म्याग्नेसियम र भिटामिनले फाइदा पुर्याउँछ । म्याग्नेसियमले दममा हुने घ्यारघ्यार कम गर्दछ भने भिटामिन ईले इम्युनिटी बढाउँछ ।

४. दमका निम्ति क्यालोरी र फ्याट कम भएको दालहरु लाभदायक हुन्छ । दालमा उच्च परिमाणमा फाइबर पाइन्छ जसले शरीरमा लिपिड्स र कोलस्ट्रोललाई कम गर्दछ । यसले श्वासप्रश्वासमा एलर्जी पैदा गर्ने बाहिरी कणहरुलाई रोक्छ ।

५. सर्दिनेस, साल्मोन र टुना जस्ता माछामा तथा विरुवाहरुमा पाइने केही पदार्थ जस्तै जैतुन र आलसको बिजमा ओमेगा ३ फ्याटी एसिड रहेको हुन्छ । यसलाई आफ्नो खानामा समावेश गरे दम रोगमा लाभ मिल्दछ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : ४३ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध