प्रिमियर लिग : उल्भ्ससँग चेल्सी पराजित | Khabarhub Khabarhub

प्रिमियर लिग : उल्भ्ससँग चेल्सी पराजित


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सी उल्भ्ससँग पराजित भएको छ ।

मंगलबार राति उल्भ्सले घरेलु मैदानमा चेल्सीलाई २–१ ले हराएको हो । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा चेल्सीले पुन घरेलु लिगमा हार ब्यहोरेको छ ।

खेलमा अग्रता चेल्सीले ओलिभर जिराउडको गोलमा लिएको थियो । वेन चिलवेकको पासलाई सदुपयोग गर्दै जिराउडले लण्डन क्लबलाई अग्रता दिलाएका थिए ।

घरेलु टोली उल्भ्सका ड्यानियल पोडेन्सले ६६औँ मिनेटमा खेल बराबरीमा ल्याए । दोस्रो हाफको ईन्जुरी समयमा पेड्रो नेटोले गोल गर्दै चेल्सीलाई २–१ ले स्तब्ध पारे ।

चेल्सी घरेलु लिगमा लगातार दुई खेलमा पराजित बनेको छ । हारसँगै चेल्सी २२ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । उल्भ्स २० अंकसहित शीर्ष १० मा उक्लिएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १२ : ०१ बजे

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका