आउँदो वर्षको जाडोयामसम्म कोरोना समान्य अवस्थामा आउने खोप उत्पादकको दाबी | Khabarhub Khabarhub

आउँदो वर्षको जाडोयामसम्म कोरोना समान्य अवस्थामा आउने खोप उत्पादकको दाबी


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खोपको प्रयोगसँगै आउदो वर्षको जाडोयामसम्म कोरोना भाइरसको संक्रमण सामान्य अवस्थामा आउने खोप उत्पादकहरूले दाबी गरेका छन् ।

औषधि उत्पादक कम्पनी बायोटेकका सहसंस्थापक प्राध्यापक उगुर साहिनले आउँदो गर्मीयाममा खोप सफल भइसक्ने जनाएका छन् ।

गर्मीयाममा सफल भइसक्ने खोपमा आम मानिसको सहज पहुँच पुग्ने र जाडो याम सुरू हुँदा त्यसको असर कम भइसक्ने साहिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बायोटेकले गएको हप्ता उसले आविष्कार गरेको खोपको प्रभावकारिता ९० प्रतिशत रहेको जनाएको थियो । झण्डै ४३ हजार  जनाले उक्त खोपको परीक्षणमा सहभागिता जनाएका थिए ।

बायोटेकले तयार पारेको उक्त खोप सफल भएको दाबीसँगै कोरोना नियन्त्रणमा आउने आशा पलाएको छ ।

बेलायतले बायोटेक/फिजर कम्पनीले यो वर्षको अन्त्यसम्म १० लाख डोज खोप तयार गर्ने बताएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : ४० बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र