सेनाले बोलायो पृतनापति बैठक | Khabarhub Khabarhub

सेनाले बोलायो पृतनापति बैठक


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले पृतनापति समन्वयात्मक बैठक बोलाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्तिक २ गते देखि ४ गतेसम्म पृतनापतिको समन्वयात्मक बैठक बोलाइएको जानकारी दिएको हो ।

नेपाली सेनाले गत भाद्रमा उक्त बैठक बोलाउने निर्णय गरेपनि कोभिड-१९ को महामारीका कारण स्थगित भएको थियो ।

पृतनापति सम्मेलनमा आठ वटै पृतनाका पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रबाटै भर्चुअल सहभागीता जनाउनेछन् ।

उनीहरुले आ-आफ्नो क्षेत्रको रिपोर्टिंग गर्नुको साथै कार्यक्षेत्रमा देखिएका चुनौतीको बारेमा पनि जानकारी दिनेछन् । त्यस्तै सम्मेलनमा मुलुकको पछिल्लो सुरक्षा अवस्था र चुनौतीका बारेमा समेत छलफल हुने नेपाली सेनाले जनाएको छ।

जंगी अड्डाका सहभागीहरुले कोभिड-१९ को स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

सेनाले प्रत्येक वर्ष पृतनापति समन्वयात्मक बैठक आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ४० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय