कोरोना संक्रमितहरु सडकमा भौतारिन बाध्य भए : चिकित्सक संघ | Khabarhub Khabarhub

कोरोना संक्रमितहरु सडकमा भौतारिन बाध्य भए : चिकित्सक संघ


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चिकित्सिक संघले कोभिड–१९ को संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थिति सिर्जना हुन गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका लगायत देशभरी संक्रमित बिरामीहरुको उपचारका लागि अस्पतालहरुमा बेड, आइसियू तथा भेन्टीलेटर, अक्सिजन र रेम्डिसिभिर लगायतका अत्यावश्यक औषधीहरुको अभावका कारण संक्रमितहरु सडकमा भौतारिन बाध्य भएको करुणादायी वेदनाले संघ स्तब्ध भएको उल्लेख छ।

संघले ननकोभिडका बिरामीहरुले उपचार गराउन समेत कठिनाई उत्पन्न भइरहेको गम्भीर परिस्थितिप्रति सरकार संवेदनशील हुन र अबिलम्ब प्रभावकारी कदम उठाई संक्रमणको नियन्त्रण गर्न जरुरी भइसकेको औंल्याएको छ ।

‘सम्पूर्ण नागरिकहरुको स्वास्थ्य उपचारका लागि उचित वातावरण तयार गर्न एवं कोभिड–१९ को संक्रमणका लागि आवश्यक पर्ने आइसियू बेडहरु, भेन्टिलेटर, अक्सिजन, रेम्डीसिभिर लगायतका अत्यावश्यक औषधीहरुको सहज उपलब्ध गराउन नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ’, संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : ४२ बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार